च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
भक्तपुर – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताउनुभएको छ ।
नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली विद्यालयले भक्तपुरको खरिपाटीमा संचालन गरेको २१ दिने विश्वको कम्युनिष्ट इतिहास र वर्तमान बिषयको प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको दश वर्षे युद्ध, शान्ति पुर्नस्थापना, पार्टी एकीकरण र दुई तिहाईको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उहाँको भनाई थियो । नेपालको कम्युनिष्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उहाँले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाई राख्नुभयो ।
अध्यक्ष दाहालले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवम् राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गरिने बताउनुभयो ।
गत भदौ ९ गतेदेखि सुरु भएको मदन भण्डारी एसियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजबाट पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीहरुलाई अध्यक्ष प्रचण्डले शैक्षिक प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
अन्तर्राष्ट्रिय स्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।