च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नु भएको हो । चीन प्रस्थान गर्नुअघि उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताउनुभयो ।
अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारीकाे प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरणसम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलग्त्तै आवश्यक निर्णय लिने पनि बताउनुभयो । उहाँले दशैंअघि सगठनहरुको एकीकरणको काम सम्पन्न हुने दावी पनि गर्नुभयो ।
अध्यक्ष दाहालले एक हप्ताअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको अध्यक्ष दाहालको भ्रमणलाई चासोपूर्वक हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।