ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
चीनको बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको तुलनामा वायु प्रदूषण ३३ प्रतिशतले कमी आएको पाइएको छ ।
वायु प्रदूषण सूचकाङ्कमा ३३ दशमलव ३ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कलाई उदृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जनवरी–फेब्रुअरीमा बेइजिङ सहरको प्रदूषणको २ दशमलव ५ औसत पीएम प्रति घनमिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्युरोले जनाएको छ । बेइजिङमा गएकाे दुई महिनामा कुनै पनि गम्भीर प्रदूषित दिन नभएको रिपोर्टमा उल्लेख छ ।
गएको वर्ष बेइजिङमा राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणा गरिएको थियो । यो घोषणासँगै बेइजिङले वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको सरकारको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।