काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
पश्चिम रुकुम – स्यार्पु, यतिबेला बैंसले मैमत्त छ । कोरीबाटी चट्ट परेकी, पोटीला गाला, लोलिते बोली, टम्म परेको बक्षस्थल, गाजल, लाली र पाउडरले सिंगारिएकी ।
बैंसालु उमेरकी स्यार्पुले यतिबेला सबैका नजरलाई एक टक बनाइरहन्छ । हेरिरहुँ लाग्ने । वर्षा लागेसँगै फक्रिएको स्यार्पुको बैंसले हर तन्नेरी (पर्यटक)को मन लोभ्याउने गरेको छ, पर्यटकहरु पनि उनको काखमा पुगेपछि उनैसँग घरबार जोड्न आतुर हुन्छन् ।
२.६ वर्ग किलोमिटरमा फैलिएको स्यार्पुको छाती टमक्क परेको छ । सिमैछरीबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई बासनामय बनाएको छ । स्पार्पुको छाती सुम्सुम्याउँदै कहिले डुङगा चड्ने त कहिले पौडी खेल्ने तन्नेरीहरु स्यार्पुकै अंगालोमा बेरिरहन मन पराउँछन् । लाग्छ, बैंसालु स्पार्पुको चुम्बनले तन्नेरीहरु पानी–पानी बनेका छन्, उनीहरुको मन आनन्दित भएको छ ।
स्पार्पु गाउँ र दहगाउँले काखमा सुम्सुम्याएर हुर्काएकी स्पार्पु कर्णाली प्रदेशकै सुन्दरी हुन् । दिनभर स्पार्पुसँग रमाएर फर्कँदा दह ढल्नेबाट बगेको दहीजस्तै पानीले स्यार्पु छोड्न दिँदैन, लाग्छ एकनाश स्पार्यु हेरिरहुँ ।
रुकुम पश्चिमको बाँफिकोटमा रहेको सुन्दर स्यार्पुको शोभा बढेको छ यतिबेला । बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्न लायक हुन्छ । स्यार्पु तालको आकार बर्खा र हिउँदमा फरक हुन्छ, आकार मात्र होइन रंग पनि बदल्छ स्यार्पुले ।
भरिभराउ तालको भदौदेखि असोज महिना भरी अवलोक गर्न सकिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणिय देखिन्छ । बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ निकै उपयुक्त छ ।
तालको सुन्दरता अवलोकण गरेर सारा दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर अझ धेरै मजालिन सकिन्छ । परम्परागत काठका डुंगा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरुले र्याफ्टिङ र आधुनिक डुंगाबाट स्यार्पुको काखमा रमाउने व्यवस्था छ ।
तालमा घुम्नका लागि गएकाहरुले धीत मरुञ्जेल र्याफ्टिङ र बोटिङको मज्जा लिन सक्छन् । विशेषगरी तालबाट काठका डुंगा विस्थापित गरेर आधुनिक डुंगा राखिनु तथा खान र बस्नका लागि होमस्टेहरु संचालन गरिनुले यहाँ घुम्न आउनेहरुको संख्यामा ह्वात्तै बृद्धि भएको होमस्टे संचालक यज्ञबहादुर मल्ल बताउनुहुन्छ ।
हिमालबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसीले जडिबुटीसहितको पानी तालमा मिसिने भएकोले यसको छुट्टै महत्व रहेको बताउनुहुन्छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको स्यार्पुबारे प्रचार गर्न बाँफिकोट गाउँपालिकाले आउँदो असोज ११ गतेदेखि १५ गतेसम्म स्यार्पु पर्यटन महोत्सव सञ्चालन गर्दैछ । स्यार्पु तालको थप व्यवस्थापनसहित प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सकेकामा कर्णाली सरकारले घोषणा गरेको कर्णाली पर्यटन वर्ष सफल पार्न पनि सहयोग पुग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gopal kc
Sept. 16, 2018, 7:32 p.m.हो साँच्ची स्यार्पु, यतिबेला बैंसले मैमत्त छ । कोरीबाटी चट्ट परेकी, पोटीला गाला, लोलिते बोली, टम्म परेको बक्षस्थल, गाजल, लाली र पाउडरले सिंगारिएकी । यदि तपाई पनि यी स्यार्पूलाई चुम्न चाहनुहुन्छ भने कृपया एकचोटी अनि स्यार्पू महोत्सव सम्म पक्कै चुम्नुस््् । न्यूजका लागी लाखौ लाख धन्यवाद
गाेपाल के,सि
Sept. 16, 2018, 4:01 p.m.राजु सर धेरै धेरै धन्यवाद ,तपाईं हामी सवै मिलेर यति सुन्दर प्रकृतिको सरक्षण गर्न राज्लाइ सहयोग सहयाेग गराै सवै सवैकाे भलाे हुनेछ