१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
गुल्मी – गृह मन्त्री बालकृष्ण खाणले सरकारको सबै शक्ति आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा केन्द्रित भएको बताउनुभएको छ । उहाँले चुनावमा भाग लिने सबै दललाई आश्वस्त पार्दै चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न हुने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ गुल्मीले आज शुक्रवारदेखि सदरमुकाम तम्घासमा सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यस्तो बताउनुभएको हो । कार्यक्रममा उहाँले पालिका चुनावले नागरिकको अधिकारलाई शक्तिशाली बनाउने बताउनुभयो । उहाँले अहिलेसम्म चुनावमा भाग नलिएका दलका उम्मेदवारहरूलाई एउटै चुनाव चिह्न दिने प्राविधिक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई सरकारको तर्फबाट विशेष आग्रहसमेत गर्नुभएको थियो ।
महोत्सव उद्घाटनको अवसरमा सदरमुकाम तम्घासमा रहेका विभिन्न सङ्घ–संस्थाहरूले विभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीका साथै गुल्मीका विभिन्न जाति विशेषका खानाका परिकार पनि प्रदर्शन गरिने भएको छ ।
महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, मह, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ ।
महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य सङ्घको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो ।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजदेखि सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।