निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध अविश्वासकाे प्रस्ताव पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताउनुभएको छ ।
उहाँले आफूले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै अविश्वासकाे प्रस्ताव पारित नहुनेमा आफू विश्वस्त रहेको भन्दै यदि अविश्वासकाे प्रस्ताव पारित भएर अर्को सरकार बनेमा आफूले त्यसलाई मान्यता नदिने बताउनुभएको बीबीसीले जनाएको छ । संसदमा आफू विरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाउँदै अहिले देशमा सङ्कट निम्त्याउने काम भइरहेको बताउनुभयो ।
संसद भङ्ग गर्ने निर्णय खारेज गर्दै पाकिस्तानी सर्वोच्च अदालतले ब्युँताएको संसदको बैठक केहीबेरका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा खान विरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।