नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९...
फागुन १, २०८१ बिहिबार
झापा - झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा गएराति ट्रकको ठक्करबाट २९ वर्षीय सम्यम बजगाईँको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ना ६ ख ६४५५ नम्बरको ट्रकले बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते हुनुभएको थियो । उहाँको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे।
ट्रक चालक फरार भएका र उनकाे खोजी भइरहेको प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।