वैदेशिक व्यापारमा सामान्य सुधार : चार महिनामा ५ खर्ब १३ अर्ब ...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेले आउँदाे वैशाख ९ गते पालिका चुनावकाे घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै आज मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनुभएको हो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यस पटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घाेषणापत्रमा राख्ने बताउनु भयो ।
पोखरेलले भन्नुभयो, ‘हाम्रा घोषणा दुई किसिमका हुनेछन् । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा नेकपा एमालेले पालिकामा निर्वाचित भइसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ भन्ने कुराको नीतिगत निर्देशनको रूपमा जारी हुनेछ । र त्यही प्रतिबद्धताको आधारमा उभिएर सात सय ५३ वटा नै पालिकाले प्रतिबद्धता पत्र जारी गर्दछन् । त्यो प्रतिबद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र प्रतिबद्धता जारी गर्दा पालिका र प्रतिनिधि सभा फरक ठाउँ भएकाले एउटै बनाउन नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।