कांग्रेसले भन्याे– ‘एमसीसीबारे जनतालाई बुझाउन सक्याैँ’

 चैत २९, २०७८ मंगलबार १७:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस पार्टीले अमेरिकी सहायता 'मिलेनियम च्यालेन्ज कर्पाेरेशन' (एमसीसी) सम्झौताको सम्बन्धमा नागरिकमा रहेको भ्रमलाई चिरेको बताएको छ । 

आज मङ्गलवार गएकाे फागुन २९ देखि चैत २९ गतेसम्म चलेको पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले याे जानकारी दिनुभएकाे हाे । त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकासका कामको सम्बन्धमा पनि नागरिकलाई बुझाएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अभियानका क्रममा नेपाली कांग्रेसले विगतमा गरेका तर ओझेलमा परेका कामबारे जनतालाई बुझाउन सक्याैँ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले कोभिडको दौरानमा गरेका घोटाला र भ्रष्टाचारबारे पनि जानकारी दिन सक्याैँ । ओली नेतृत्वकाे सरकारकाे पालामा धेरै सङ्ख्यामा नागरिक कोभिडबाट प्रभावित भएका थिए । त्यस्तो अवस्थामा पनि कोभिड व्यवस्थापन सुस्त भयो । तर कांग्रेस पार्टी आएपछि काेभिडविरुद्धकाे खाेप अभियानलाई व्यापक बनायाे र ७५ दशमलव ७ प्रतिशतलाई पूर्ण खोप दिन सरकार सफल भयो । यो नेपाली कांग्रेसको सुझबुझपूर्ण र जिम्मेवारपूर्ण नेतृत्वले गर्दा भएकाे हाे । यो कुरा पनि जनतासमक्ष राख्न सफल भयौँ ।’

प्रवक्ता महतले पालिका चुनाव नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो । गठबन्धन र तालमेलका कारण टिकटको टुङ्गो लगाउन ढिलाइ भएको उहाँले बताउनुभयो । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

यस्तै कांग्रेस प्रवक्ता महतले अभियानका क्रममा नेपाली कांग्रेसमा हजारौँ सङ्ख्यामा कार्यकर्ता प्रवेश गरेका पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया