धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले लगातार पाँचौँ हार बेहोरेको छ ।
पुणेमा गएराति भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बईलाई १२ रनले हरायो । पञ्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । मुम्बईका देवल ब्रेभिसले ४९ रन र सूर्यकुमार यादवले ४३ रन बनाए ।
पञ्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । पञ्जाबका शिखर धवनले ७० तथा कप्तान मयाङ्क अग्रवालले ५२ रनको अर्धशतकीय पारी खेले ।
मुम्बईका बसिल थाम्पीले २ तथा जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १–१ विकेट लिए । जितसँगै पञ्जाबको ५ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अङ्कविहीन मुम्बई पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।