खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - तुवाँलो हटेसँगै काठमाण्डौ उपत्यकाको मौसम सफा भएको छ । हिजो बिहानको हावाहुरी र अस्ति परेको पानीका कारण धुवाँधुलो र तुवाँलो हटेर गएको छ । तुवाँलो हटेपछि वरपरका डाँडाबाट काठमाण्डौ उपत्यका सफा देखिएको छ ।
तुवाँलो र बादल नभएपछि बिहानैदेखि घाम चर्किएको छ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाण्डौ उपत्यकामा बादल बन्ने प्रणाली विकसित नभएकाले पनि मौसम खुलेको हो । काठमाण्डौ उपत्यकामा आज पानी पर्ने सम्भावना नरहेको पनि मौसमविद् भट्टराईले बताउनुभयो ।
गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ । गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै, जनकपुरको ३९ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको ३९ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव ५ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ८ डिग्री सेल्सियस, धनगढीको ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।
तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।