सरकारले सिफारिस गरेका २० राजदूतकाे संसदीय सुनुवाइ प्रक्रिया सुरु

 वैशाख २, २०७९ शुक्रबार १६:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सिफारिस गरेका २० देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको आज शुक्रवार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका २० देशका राजदूतमाथि उजुरी आह्वान गरेको हो । 

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएका २० जना राजदूतमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

गएकाे चैत २४ गते बिहीवारकाे मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, वासुदेव मिश्रलाई श्रीलङ्का, मीलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी डिल्लीराज पौडेललाई मलेसिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबकाे राजदूतमा सिफारिस गरिएको थियो । घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो ।

प्रस्तावित राजदुतहरूको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ । त्यसपछि उनीहरूको योग्यता, क्षमता र कार्ययोजनाको मूल्याङ्कन गरी समितिले उनीहरूको नाम अनुमोदन गर्नेछ । समितिले अनुमोदन गरेका राजदूतहरूलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया