खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आईएमईले 'आईएमई २०७९ मा २०७९' नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख १ देखि ३१ गतेसम्म ३१ दिनका लागि कायम रहनेछ ।
काठमाण्डाैकाे पानीपाेखरीमा रहेकाे आईएमईकाे केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी याे याेजना सार्वजनिक गरिएको हो । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता याेजनाले सेवाग्राही र आईएमईबीचको सम्बन्धलाई अझ बलियाे बनाउन भूमिका खेल्ने बताउनुभयाे ।
याे एक महिने योजनाअन्तर्गत विदेशबाट आईएमईबाट पठाइएको रकम नेपालभरिका एजेन्ट/सब एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधिभरि ६० जना विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परका एक जना भाग्यशाली विजेतालाई दुई लाख सात हजार नाै सय रुपैयाँ प्रदान गरिनेछ । यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये ६१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरू प्रणालीमा आधारित स्वचालित लक्की ड्र बाट निर्धारण गरिनेछ ।
यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज, वेबसाइट र सञ्चारमाध्यमबाट सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरू लागू गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सबिन बोहरा
April 15, 2022, 8:16 p.m.IME नेपाल को सन्दर्भम एकदम राम्रो platform हो । नेपालको पुर्बी मध्य पश्चिम पश्चिममा बिशेष गरि बैंक कम भयेको ठाउँमा राम्रो सेवा दिइरहेको छ ।