पाँच वर्षभित्र रेल चल्दैैन भन्नेहरुलाई सित्तैमा रेलमा चढाउँछौं : प्रधानमन्त्री ओली

 जेठ २१, २०७५ सोमबार १७:४५:४४ | उज्यालो सहकर्मी

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्रमा काठमाडौं–रक्सौल रेलमार्ग बनाएर रेल कुदाउने बताउननुभएको छ ।

नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले पाँच वर्षभित्रै काठमाडौं–रक्सौल रेलमार्गमा रेल कुदाएर छाड्ने बताउनुभएको हो । ‘एक वर्षमा रेलमार्गको डीपीआर बनाएर सक्छाैं, पाँच वर्ष भित्रमा रेल चलाउँछौं । अनि रेल चल्दैन भन्नेहरुलाई त्यो रेलमा टिकट नकाटिकन चढाउनेछौं ।’

अध्यक्ष ओलीले पार्टीमा गुट बनाउन नदिने बताउनुभएको छ । उहाँले तत्कालिन माआवादीका अध्यक्ष प्रचण्ड र आफू पनि मिलिसकेपछि अब गुटको आवश्यकता नरहेको बताउनुभयो ।

‘अब किन गुट बनाउने ?’, अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘कम्युनिष्टका दुईवटा धार मिलिसकेपछि पनि किन गुटको आवश्यकता पर्यो ?’ देशमा अझै पनि केही पृथकतावादी, हिंसावादी तत्वहरुले हिंसात्मक गतिविधि गरेमा राज्यले नियन्त्रणमा लिएर कारबाही गर्ने उहाँले बताउनुभयो । ‘देशलाई टुक्राउने, बिखण्डन गर्नेलाई हामीले सम्झाएका छौं’, ओलीले भन्नुभयो, ‘नटेरेमा कारबाही गरेर छाड्छौं ।’

हिंसात्मक क्रियाकलापहरुलाई कुनै पनि हालतमा सफल हुन नदिने उहाँको भनाई छ । पार्टी एकीकरणका तल्ला प्रकृयालाई टुङगाउनका लागि आफूहरु लागि परेको ओलीले बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ आफूहरुले काम गर्ने ओलीको भनाई थियो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • D. B. Limbu

    June 5, 2018, 12:46 p.m.

    मेलम्ची खानेपानी लाई नै उदाहर्ण लिउ तसर्थ त्यसरी गफ हाँक्न मात्र चाहिं अलिक मिल्दैन कि?

  •  0 Reply
  • डोलराज भण्डारी

    June 4, 2018, 6:28 p.m.

    प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको मान्छेलाई गाली कसरी गर्नु तर यो मान्छेले जे मुखमा आयो तेहि प्वाक्क किन बोल्छ ...?

  •  0 Reply

तपाईको प्रतिक्रिया