मानिस र वन्यजन्तु छिमेकी पनि हुन्, सचेत हुँदा आक्रमणबाट बच्न स...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - पालिका चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि छलफल गर्न बिहान ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
पार्टीको आन्तरिक तयारीको लागि भन्दै दलहरुले बैठक दिउँसो दुई बजेका लागि सारेका हुन् । अरु नगरपालिका र उपमहानगरपालिकामा सहमतिको नजिक भए पनि पोखरा महानगरपालिकामा कुरा नमिलेको नेताहरुले बताएका छन् ।
पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । यस्तै माओवादी केन्द्रले दाबी गरेको चितवनको भरतपुुर महानगरपालिकामा पनि कांग्रेसका स्थानीय नेताले दाबी छाडेका छैनन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरा र भरतपुरका जिल्ला सभापतिहरुलाई छलफलका लागि काठमाण्डौ बोलाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।