च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
मोरङ – एक नम्बर प्रदेश सरकारले संविधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ ।
सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताउनुभयो ।
प्रदेश सरकारको आगमन सँगै पहिलो पटक संविधान दिवस प्रयोगको रुपमा लिइएकोले सबैको सहभागितामा संविधान दिवस मनाउन लागिएको मन्त्री कार्कीले बताउनुभयो ।
अहिलेसम्म भएका विभिन्न कार्यक्रममा कम उपस्थित हुने तथा सरकारले आब्हान गर्ने दिपावलीको नागरिक स्तरबाट सहयोग नहुने प्रसङ्गमा मन्त्री कार्कीले संविधान हामी सबैको हो भन्ने प्रत्याभूति नागरिक स्तरमा दिलाउन नसकिएको उल्लेख गर्नुभयो ।
‘सबैको अपनत्व हुने गरी संविधान दिवस मनाइनुपर्छ’, मन्त्री कार्कीले भन्नुभयो, नागरिकले सरकार प्रति विश्वास गर्न सकेका छैनन्, यो मेरो हो भन्ने अपनत्व गराउन सक्नुपर्छ ।’
‘हरेक दिवसहरुलाई आम नागरिकको आस्थाको रुपमा स्थापित गराउने हो तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको संविधान सबैको आस्थाको केन्द्र हुनुपर्छ । त्यो भयो भने मात्र धेरै काम गर्न सक्छन्’, मन्त्री कार्कीले भन्नुभयो ।
मन्त्री कार्कीले संविधान दिवसमा कुनै पनि संविधान विरोधी गतिविधि भए तत्काल नियन्त्रणमा लिएर ती व्यक्तिलाई कानुनी कारबाही गर्ने बताउनुभएको छ ।
संविधान दिवस मनाउने सन्दर्भमा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले प्रदेशमा २, ३ र ४ गते दिवस मनाउन भव्य तयारी गरिएको बताउनुभयो । प्रदेश स्तरको कार्यक्रम प्रदेशको अस्थायी राजधानी विराटनगरमा मनाइने र अन्य सबै १ सय ३७ वटै स्थानीय तहले प्रदेश सरकारको योजना अनुसार संविधान दिवस मनाउने उहाँले जानकारी दिनुभयो ।
५ सय १ सदस्यीय प्रदेश स्तरिय संविधान दिवस मुल आयोजक समितिको संयोजक शेरधन राईले गर्नुहुनेछ । समितिले संविधान दिवस मनाउने बारेमा तयारीलाई तीव्र बनाएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।