धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आज आइतवार काठमाण्डाैमा भएकाे कार्यक्रममा पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, नेताहरू महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रूपमा घाेषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।
जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड बनाउने, पालिका र वडा जोड्ने सडक बनाउने उल्लेख गरिएको छ । पालिकामा महत्त्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमति गरेर अगाडि बढ्ने बताइएको छ । खानेपानीलाई दुई सय युनिटसम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय बनाउन प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्ने लगायतको योजना बनाइएको छ ।
त्यसैगरी जसपाले सुशासन र पारदर्शितालाई पालिकामा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । पालिकाकाे सेवालाई अझ प्रभावकारी बनाउँदै गाडीकाे सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पुर्याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकासका काम प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ । करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।