बाँकेमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति अबेरसम्ममा एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो सङ्ख्या घटबढ हुनसक्छ । विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उहाँको भनाइ छ।
केही ठाउँमा नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको छ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने उहाँले बताउनुभयो । उहाँकाअनुसार आज मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशनको तयारी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।