पालिका चुनावका लागि एक लाख  ४०  हजारभन्दा धेरैको मनोनयन दर्ता

 वैशाख १३, २०७९ मंगलबार ११:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि एक लाख  ४०  हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा तीन हजार ३ सय १८‚ उपमेयरमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३ सय ६ र उपाध्यक्षमा दुई हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै‚ वडाध्यक्षमा ३३ हजार १ सय ११‚ महिला सदस्यमा २४ हजार २ सय ८३‚ दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३६ हजार २ सय ७५ र सबैभन्दा कम सुदूरपश्चिममा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।  यस्तै‚ प्रदेश-१ मा २२ हजार १ सय ९४‚ वाग्मतीमा २३ हजार ६ सय ५४ र गण्डकीमा १२ हजार ३ सय १४‚ लुम्बिनीमा २२ हजार ४ सय २१ र कर्णालीमा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि र पर्सि उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।१७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया