वीरेन्द्रनगरकाे मेयरमा पाँच जना स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार ९:२०:३१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको  मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, तथा खुला सदस्य गरेर चार सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरपालिकाको मेयरमा मात्रै १७ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पाँच जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरेन्द्रनगरको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल, नेपाली कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र देव गिरी,  एकीकृत समाजवादीबाट धनाकुमारी जिसी र जनता समाजवादी पार्टी, नेपालबाट गगनबहादुर सारुले उम्मेदवारी दर्ता गर्नु भएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्द श्याम गिरी, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट नीलकण्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी र नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले मेयर पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । ।

यस्तै फष्टबहादुर हमाल, चिन्तामणी शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का, उमानन्द पंगालीले वीरेन्द्रनगरको मेयरका लागि स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गर्नु भएको छ ।

नगरपालिकाको उपमेयरमा तीन जनाको स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरका लागि एमालेबाट नीलकण्ठ खनाल, नेपाली कांग्रेसबाट रामकुमारी थापा, नेकपा माओवादी केन्द्रबाट शान्ति ढकाल, जनता समाजवादी पार्टी, नेपालबाट सन्तोषी विश्वकर्मा, एकीकृत समाजवादीबाट वीरबहादुर रावत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीकुमारी शार्कीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

राष्ट्रिय जनमोर्चाबाट कृष्णाकुमारी रावल, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला रावल, नेपाल नागरिक पार्टीबाट पवित्राकुमारी शर्मा, नेपाल दलित पार्टीबाट भूमिसरा विक, नेकपा समाजवादीबाट दिलमाया आले मगर, नेकपा (माओवादी समाजवादी) बाट बिमला पुन मगरले पनि उपमेयरमा उम्मेदवारी दिनुभएको  छ ।

यस्तै नगरपालिकाको उपमेयरमा अनिल ढकाल, भोजप्रसाद चपाई र दिपेन्द्र ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया