सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराउनुभएको हो । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।
जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् । पूर्वशिक्षक समेत रहनुभएका तिम्सिना बोल्न र भाषण गर्न खप्पिस हुनुहुन्छ । मतदाताहरुको मनोभावना बुझेर बोल्न सक्ने क्षमता भएका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रिय सदस्य समेत हुनुहुन्छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न र खाँदबारी नगरपालिकालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको तिम्सिनाको भनाइ छ ।
खाँदबारी नगरपालिकामा मेयर पदका लागि लागि ३ जना स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका मेयरमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट जितबहादुर घिमिरे र उपमेयर महेश्वराको उम्मेदवारी परेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई र राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङले मेयर पदमा मनोनयन दर्ता गराउनुएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा सोमनाथ खनाल र उपमेयरमा हिरादेवी श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, स्वतन्त्र तीन जना प्रवीन कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खाँदबारी नगरपालिका जिल्ला सदरमुकाम समेत रहेकाले जिल्लाकाे केन्द्रविन्दु पनि हो । खाँदबारी नगरपालिकाभित्र ११ वटा वडाहरु रहेका छन् । खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।