सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले चुनावकै मजाक हुने गरी सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेको टिप्पणी गर्नु भएको छ । नेता महतोले चुनावमा नागरिकले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरूले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोपसमेत लगाउनुभयो ।
आज शुक्रवार काठमाण्डाैमा पालिका चुनावलाई लक्षित गर्दै पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सत्तारूढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरेका छन् । चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? सतारूढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर मत दिने ? देश र दुनियाँले के बुझ्ने हो ?’
नेता महतोले दलीय प्रणालीमा दलहरू आफैँ चुनावमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्त्व नदिएको तर्क गर्नुभयो । उहाँले पालिकामा आवश्यकताकाे आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sunil shrestha
April 29, 2022, 3:39 p.m.महतो जी, गठबन्धन चाहिँ 'मजाक' हो भने 'तालमेल' चाहिं के हो ?????? तपाईं पार्टीलाई भोट दिनुहुन्छ ??हाम्रो गल्ती यही भयो , अब हामी निस्वार्थ व्यक्तिलाई भोट दिन्छौं / अनि अर्को कुरा उम्मेदवारको झण्डा र मतपत्रमा कुनै 'चिन्ह' हुँदैन र ???? किन कन्फुज ????????