'ओली प्रवृत्ति'सँग सामना गर्न नेपाली कांग्रेसले गठबन्धन गरेकाे हाे : रामचन्द्र पाैडेल

 वैशाख १७, २०७९ शनिबार १४:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली प्रवृत्तिसँग सामना गर्न कांग्रेसले गठबन्धन गरेकाे बताउनुभएकाे छ । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली कांग्रेसले सामना गर्न गठबन्धन गरेको बताउनुभएकाे हाे । 

उहाँले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, 'बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ ।' 

यस्तै नेता पाैडेलले ओलीले राजावादी, पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप पनि लगाउनुभयाे । उहाँले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकेदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाउनु भयो ।

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताउनु भयो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया