खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । देशका धेरै ठाउँमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा चलिरहे पनि प्युठानको झिमरुक र गुल्मीको धुर्कोटमा दुई पार्टीले तालमेल गरेका हुन् । दुवै पालिकामा माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
प्युठानको झिमरुकको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णा जीएमले उम्मेदवारी दिनुभएको छ । गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिनुभएको छ । धुर्कोटमा एमालेका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिनुभएको छ ।
प्युठानको झिमरुकमा सुरुमा पाँच दलबीच नै तालमेल गर्ने सहमति भएपनि बीचमा सहमति तोडिएर माओवादी र कांग्रेसले मात्रै सहकार्य गर्ने निर्णय गरेका थिए । तर राष्ट्रिय जनमोर्चाले आपत्ती जनाएपछि लुम्बिनी प्रदेशको स्थानीय तह निर्वाचन, पाँच दलीय गठबन्धनले उदी जारी गरेर जसरी पनि चुनावमा तालमेल गर्न निर्देशन दिएको थियो । तर निर्देशन उल्लंघन गर्दै जनमोर्चा र कांग्रेसको तालमेल भयो भने माओवादी एक्लै चुनावमा गयो । उम्मेदवारी दर्ता भइसकेपछि भने एमाले र माओवादीले तालमले गरेका छन् । झिमरुकमा माओवादीले तीन वटा र एमालेले पाँच वटा वडामा समेत भागवण्डा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।