स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

 वैशाख १८, २०७९ आइतबार ६:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पानियोललाई ४–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे ।

जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अङ्कले अघि रहेको छ । ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भयो ।

रियलको यो ३५औँ ला लिगा उपाधि पनि हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

ला लिगाको उपाधिसँगै एन्सेलोटीले प्रिमियर लिग, इटालियन सिरी 'ए', जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान जिताएका थिए ।
 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया