दाङमा मतपत्र आइपुग्याे

 वैशाख २०, २०७९ मंगलबार ७:४:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङमा मतपत्र आइपुगेको छ । जिल्लामा मतदानका लागि आवश्यक मतपत्र निर्वाचन आयोगले पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङमा चार लाख नाै हजार नाै सय दुई मतदाता रहे पनि चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । २०७४ सालको पालिका चुनावकाे तुलनामा अहिले एक लाख १८ हजार सात सय २८ मतदाता थपिएका छन् ।

मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने आयोग चुनाव लक्षित तयारीमा जुटेको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया