आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

 वैशाख २०, २०७९ मंगलबार ७:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो साेमवार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।

आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसाे पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया