धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दैछ । सातै प्रदेशमा हुने चुनावी सभालाई सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजदेखि आउँदो २७ गतेसम्म चुनावी सभा हुनेछ । सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने तयारी छ । यसैगरी भोलि चितवनको भरतपुरमा हुने सभामा पनि सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायतले सम्बोधन गर्ने तयारी छ ।
यस्तै, पर्सि काठमाण्डौमा, २४ गते रुपन्देहीको बुटवलमा, तनहुँको दमौलीमा र धनुषाको जनकपुरमा सभा हुुने छ । यस्तै, २५ गते पोखरामा, दाङको तुलसीपुरमा, २६ गते कैलालीको धनगढीमा र २७ गते डडेल्धुरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।