भरतपुरमा भएको विकास 'कास्टिङ' मात्रै हो, फिल्म देखाउन बाँकी छ : रेनु दाहाल

 वैशाख २२, २०७९ बिहीबार १५:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले आफ्नो पहिलो कार्यकाल सफल भएको बताउनुभएको छ ।

हाकिमचोकमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै दाहालले पाँच वर्षको अवधिमा चितवनको भरतपुरलाई गर्व गर्न लायक सहर बनाएको र यो अभियान चलिरहेको बताउनुभएको हो । ‘हामीले कास्टिङ मात्रै देखाएका हौँ, फिल्म देखाउन बाँकी छ, त्यसैका लागि मैले पुनः उम्मेदवारी दिएको हो’, उहाँले भन्नुभयो । 

सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक र बत्तीका क्षेत्रमा राम्रो काम गरेको र केही गौरवका आयोजनाले पनि गति लिइरहेको दाहालको भनाइ छ । 

‘पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढाएका छौँ । महानगरको बजेटको १५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगाएका छौं, पौने चार अर्ब रुपैयाँको खानेपानी आयोजना अगाडि बढाएका छौँ । देशकै हेर्न लायक र गर्व गर्न लायक महानगर बनाउन अन्तर्राष्ट्रिय मापदण्डको सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण भइरहेको छ । नारायणीको तटबन्ध दिगो र भरपर्दो बनाएर अगाडि बढाइएको छ । त्यसलाई पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढाएका छौँ’, दाहालले भन्नुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया