शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
चितवन – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुरमा रेनु दाहालले ठूलो विकास गरेको दाबी गर्नुभएकाे छ ।
चितवनको भरतपुरमा आज बिहीवार भएको संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको बताउनुभयो । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने दाबी गर्नुभयाे ।
‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’, देउवाले भन्नुभयो ।
अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसकाे बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।