आईपीएल क्रिकेटमा दिल्लीले हैदराबादलाई २१ रनले हरायो

 वैशाख २३, २०७९ शुक्रबार ६:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

एडिन मार्क्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।

वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया