अफताब आलमलाई थुनामुक्त नगर्न सर्वाेच्चकाे आदेश

 वैशाख २३, २०७९ शुक्रबार १६:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै –  रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी  इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।

कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधान सभा चुनावअघि बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उनी अहिले सांसद पदबाट निलम्बनमा परेका छन् ।

प्रमाण नष्ट गर्नका लागि घाइतेहरूलाई इँटाभट्टामा हालेकाे उनीमाथि आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया