सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नाे छोरीको रूपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा प्रचार गरेर केही मानिसले अवमूल्यन गर्ने काम गरिरहेको बताउनुभएको हो ।
सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेणुप्रति सङ्केत गर्दै जहाँ–जहाँ महिलाहरूले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गर्नुभयो । उहाँले महिला उम्मेदवारमाथि विश्वास गर्ने र उनीहरूको योग्यतालाई सम्मान गरेर अघि बढ्नु देशकै आवश्यकता भएको जिकिरसमेत गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘केही मानिसले कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलालाई अपमान गरिरहेका छन् । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु, त्यो नकारात्मक प्रवृत्ति हो । हामी पुरुषहरूले धेरै राज गर्याैँ तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटि महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ ।’
अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलालाई विशेष रूपले अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।