नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

 वैशाख २४, २०७९ शनिबार १५:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएकाे छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताउनुभयो । उहाँले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पार्नु भयो । कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराउनु भयो ।

उहाँँले भन्नु भयो, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाइ छ । सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होइन कि तटबन्ध निर्माणमा खर्च हुन्छ । यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाइको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’

परिषदले हालसम्म ८० वटा वस्तुबालीका सात सय २३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ । त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्या्उने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताउनु भयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Iswari

    May 7, 2022, 7:20 p.m.

    गलत तथ्यांक पेश गर्ने नार्कका का का नि लाइ यसको श्रोत के हो भनि cross question गर्नु पर्थ्यो पत्रकार ज्यु । Please verify this statistics with Department of Irrigation.

  •  0 Reply

तपाईको प्रतिक्रिया