चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न आयोगको निर्देशन

 वैशाख २४, २०७९ शनिबार १८:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा बोकेर मतदातालाई भ्रमित नपार्न आग्रह गरेको छ ।

प्रचार प्रसारको क्रममा एउटा उम्मेदवारले अर्कै दलको झण्डा र चिन्ह प्रयोग गरेमा मतदातालाई भ्रम सिर्जना हुने भएकाले यस्ता क्रियाकलापलाई आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही तथा सजाय हुने आयोगले चेतावनी दिएको छ । अहिले दलहरुले चुनावी गठबन्धनको नाममा फरक दलको झण्डा प्रयोग गरेका छन् भने दलबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र उम्मेदवारको मान्यता पाएका उम्मेदवारले पनि पार्टीकै झण्डा प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् । 
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया