आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर
मंसिर ९, २०८१ आइतबार
बेलायतको स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ ।
जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको बीबीसीले जनाएको छ । बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ ।
प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले आफ्नो दल संसदीय चुनावका लागि जितको बाटोमा लागिसकेको प्रतिक्रिया दिनुभएको छ ।
नेपालीमूलका पाँच जना विजयी
बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार बनेका १० जना नेपालीमूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् । लन्डन हन्स्लो बरोबाट लेबर पार्टीका विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभयो । त्यस्तै लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा विजयी हुनुभएको छ ।
लन्डनकै बार्नेट काउन्सिलको बन्ट्राेओक वडाबाट पूर्व गोर्खा कमलबहादुर गुरुङ, रोयलबरोबाट पहिलो पटक नेपालीमूलका जित रानाभाट र कोलबर्न एण्ड हिप्सवेलको काउन्सिलरमा जगन्नाथ शर्मा निर्वाचित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।