खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
नेपालगञ्जलाई पश्चिम नेपालको २४ जिल्लाको शिक्षा र स्वास्थ्यको प्रमुख केन्द्र मानिन्छ । देशका अन्य पालिकामा जस्तै नेपालगञ्ज उप–महानगरपालिकामा पनि चुनावी उत्साह छाएको छ।
मेयरका १७ जना प्रत्याशी रहेको नेपालगञ्जमा पाँच जना स्वतन्त्र उम्मेदवार छन् भने पार्टीका तर्फबाट १२ जना छन् । मुख्य प्रतिस्पर्धा भने गठबन्धनका तर्फबाट कांग्रेसका प्रशान्त विष्ट, एमालेका पशुपति दयाल मिश्र र राप्रपाका नन्दलाल वैश्यबीच हुने देखिन्छ । हृदयेश त्रिपाठीको स्वतन्त्र समूह छाडेर मंसिरमा मात्र एमाले प्रवेश गरेका मिश्रलाई एमालेले मेयरको उम्मेदवार बनाएको हो ।
एक दशक लामो राजनीतिक अनुभव भए पनि विष्टसँग राजनीतिक रुपमा माथिल्लो पदमा पुगेको अनुभव छैन । मिश्रको भने गाविस अध्यक्ष, गाविस महासङ्घको अध्यक्ष, जिल्ला विकास समितिको सभापति तथा सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव समेत छ ।
२०७४ सालको स्थानीय चुनावमा मेयर राप्रपाका धवल शमशेर राणाले १२,५१५ मत ल्याएर जितेको नेपालगञ्जमा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेश कुमार कनौडियाले ८,७३० मत ल्याउनु भएको थियो । उहाँहरु दुवै जना यस पटक मेयरको उम्मेदवार हुनुहुन्न ।
त्यसबेला माओवादी केन्द्रका दामोदर आचार्यले ७,१९८ तथा एमालेका समसुद्दिन सिद्दिकीले ६,९६५ मत प्राप्त गर्नुभएको थियो । २०७४ सालको तुलनामा झन्डै २० हजार मतदाता थपिएको नेपालगञ्जमा नयाँ मतदाता कसले आकर्षित गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
नेपालगञ्जलाई समृद्ध र समुन्नत बनाउनको लागि शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा विभिन्न योजनाहरु छन् । स्मार्ट सिटीको पूर्वाधार तयार गर्ने त्यसलाई ग्रिन सिटीमा परिणत गर्ने थप योजना रहेको छ ।
नेपालगञ्जको भौतिक विकास, मानवीय विकास तथा आर्थिक विकाससमेतको कुरालाई अगाडि बढाउँदै लैजाने योजना रहेको छ ।
स्वास्थ्यलाई निःशुल्क बनाउने, डिजिटल प्रविधिको प्रयोग गरेर शिक्षामा व्यापक परिवर्तन गर्ने मेरो प्रतिबद्धता छ । नेपालगञ्जमा शुद्ध खानेपानी, महिलालाई लघु उद्योगको माध्यमबाट रोजगारी, युवामा रोजगारीमूलक सीपको विकास जस्ता विभिन्न कार्यक्रमलाई अगाडि सारिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई साँच्चै एउटा व्यवस्थित सहर बनाउनु पर्छ भनेर भन्ने हाम्रो पहिलो प्राथमिकता रहेको छ । नेपालगञ्ज सामाजिक सद्भावको सहर पनि हो । नेपालगञ्जमा रहेका ताल तलैयाको संरक्षण गर्न पनि प्रतिबद्ध रहेको छु ।
नेपालगञ्ज कुनै बेला शिक्षा र स्वास्थ्यको हबको रुपमा रहेको सहर हो । त्यसकारण पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर रोजगारी बढाउने, तथा शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने हाम्रो लक्ष्य छ ।
घण्टौँ लाइन लागेर वृद्ध बा, आमाले सामाजिक सुरक्षा भत्ता लिनुपर्ने अवस्था छ । हामी प्रत्येक वडामा बैङ्किङ प्रणालीमार्फत नै तीन/चार दिन लगाएर भए पनि सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउँछाैँ
नेपालगञ्जलाई हरियाली बनाउने, ढल व्यवस्थापन, बिजुली, खानेपानी, बिजुलीको समुचित व्यवस्थापन गर्ने हाम्रो योजना छ । बिजुली तथा अन्य तारहरु भूमिगत गर्ने योजना पनि रहेको छ । अब नेपालगञ्जलाई मतदातासँग सुझाव लिएर अनि विज्ञहरुलाई राखेर विभिन्न योजना बनाएर काम गर्ने हाम्रो योजना रहेको छ ।
नेपालगञ्जको उद्योग तथा पर्यटनको व्यवस्थित विकास गर्ने हाम्रो योजना रहेको छ । नेपालगञ्ज बुझेको तथा नजिकबाट काम गरेको हुनाले शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता कुरामा कसरी अगाडि बढ्ने भन्ने हाम्रो योजना छ ।
नेपालगञ्जको विकासको लागि, मन्त्री, अर्थ मन्त्रालय, प्रधानमन्त्रीसम्मलाई घच्घच्याएको छु । नेपालगञ्ज अस्पताललाई मेडिकल कलेज बनाउने सोच रहेको छ । यहाँको क्याम्पसलाई विश्वविद्यालय बनाउने योजना रहेको छ । युवालाई रोजगारी, कुटिर उद्योग आदिको स्थापना गर्ने पनि सोच छ ।
नगरपालिकाबाट दिने सेवालाई सरल र सहज बनाउने सोच छ । यहाँको सेवालाई स्वच्छ तथा पारदर्शी बनाउने पनि सोच छ । साथै घुस खाने र खुवाउने दुवै कुरा बन्द गर्नेछु । नगरपालिकाबाट प्राप्त हुने तलब, भत्ता तथा अन्य सेवा, सुविधा सबै सामाजिक कार्यमा खर्च गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।