नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
नेपालको पुरानो तथा आर्थिक हिसाबले पनि महत्त्वपूर्ण सहर मानिने वीरगञ्ज मधेस प्रदेशमा पर्ने एक मात्र महानगर भएका कारण पनि चर्चामा छ ।
वीरगञ्जको जितले मधेसमा तथा राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने कारणले दलहरु जित निकाल्ने कसरतमा लागेका छन् । वीरगञ्जमा जसरी सत्तासीन दलबीच गठबन्धन बनेको छ, त्यसैगरी एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि तालमेल भएको छ ।
वीरगञ्जको मेयरमा २३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने ७ जना दलका तर्फबाट उम्मेदवार छन् । यसअघि २०७४ को चुनावमा १९, ३९३ मत ल्याएर सङ्घीय समाजवादी फोरमका तर्फबाट विजयी भएका विजय सरावगी यस पटक भने एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नु भएको छ । १२, १६५ मत ल्याएर उहाँका निकटतम प्रतिद्वन्द्वी त्यसबेला राजपाका राजेशमान सिंह अहिले भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) को उम्मेदवार हुनुहुन्छ ।
त्यस बेला लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८, ७०१ मत प्राप्त गर्नु भएको थियो भने एमालेका बसरुद्दिन अन्सारीले ८, ६८८ तथा माओवादीका रहवर अन्सारीले ८, ३०५ मत प्राप्त गर्नु भएको थियो । पहिले भन्दा अहिले वीरगञ्जको मतदाता १६ हजार थपिएका छन् ।
वीरगञ्जमा मुख्य प्रतिस्पर्धा गठबन्धन दलका तर्फबाट जसपा तथा एमालेबीच हुने देखिन्छ । सत्तापक्षीय गठबन्धन जस्तै विपक्षी एमाले र लोसपाबीच पनि गठबन्धन भएका कारण यहाँको मुख्य प्रतिस्पर्धा भनेकै जसपा र एमालेबीच हुने देखिन्छ । तर, राप्रपाबाट उम्मेदवार बन्नु भएका पत्रकार गिरिश गिरीको चर्चा पनि कम छैन वीरगञ्जमा ।
नगरपालिकाको सबै काम गराइ बुझेको तथा अघिल्लो कार्यकालमा भएका काम भोलिका दिनमा पनि निरन्तरता दिनका लागि पनि हो मेरो उम्मेदवारी । पुरानो वीरगञ्ज सहर साँघुरो भएका कारण पनि अहिले ग्रेटर वीरगञ्जको अवधारणालाई मैले अघि बढाएको छु । वीरगञ्जको जीवनसँग जोडिएको र्सिसिया नदीमा करिडोर बनाउनका लागि १२ सय करोडको योजना अघि सार्दैछौँ ।
पाँच वर्ष अगाडि वीरगञ्ज महानगरपालिका अलि हतारमा घोषणा भयो । नेपाल सरकारको मापदण्ड अनुसार पनि अहिले पनि २० प्रतिशत मापदण्ड मात्र पूरा भएको छ वीरगञ्जमा । बाँकी ८० प्रतिशत मापदण्ड पूरा गर्नका लागि बुझेको मान्छे चाहिन्छ भनेर पनि हो मेरो उम्मेदवारी ।
खासगरी वीरगञ्जको गुमेको पहिचान दिलाउन मेरो उम्मेदवारी रहेको छ । वीरगञ्जका जनताले अहिलेसम्म स्थानीय सरकार छ भनेर महसुस गर्न सकेका छैनन् त्यो स्थानीय सरकारको महसुस गर्नका लागि पनि हो उम्मेदवारी । शिक्षा, स्वास्थ्य सर्वसुलभ ढङ्गले नागरिकसमक्ष पुर्याउन मेरो प्रयत्न रहनेछ मेयर भएका खण्डमा ।
वीरगञ्जले अहिले फोहरले गर्दा पनि आफ्नो पहिचान गुमाएको छ त्यसलाई सफा बनाउने पनि मेरो दायित्व रहनेछ जसमा खुला ढल तथा डुबानको स्थितिलाई निकास दिनुपर्नेछ । वीरगञ्जलाई औद्योगिक करिडोर भनिन्छ तर, यहाँका युवाहरु बेरोजगार छन् । युवाहरुलाई रोजगारी उपलब्ध गराउन पनि मेरो उम्मेदवारी रहेको छ ।
महिला सशक्तिकरण तथा साक्षरता अभियान चलाउनका लागि तथा वीरगञ्जका जनताले करको मार बेहोरीरहनु परिरहेको छ त्यसको उन्मुक्तिको लागि पनि मेरो उम्मेदवारी रहेको छ ।
वीरगञ्जलाई औद्योगिक, आर्थिक, व्यापारिक सहरको रुपमा चित्रित गरिन्छ साथै महानगर पनि भनिन्छ । तर, व्यवहारमा भने एउटा सामान्य नगरमा हुनुपर्ने आधारभूत पूर्वाधार पनि प्राप्त गर्न सकेको छैन । अहिले पनि प्रायजसाे भेग गाउँले घेरिएको छ ।
जुन गाउँको दृष्य हेर्दा अहिले पनि अठारौँ तथा उन्नाइसौँ शताब्दीको दृष्य देखिन्छ । यी सबै परिदृष्यलाई फेर्नका लागि र वीरगञ्ज अनि यससँग जोडिएका ग्रामीण भेगलाई यसका स्याटेलाइट सिटी वा सब हर्बका रुपमा विकास गर्न अनि सारा सुविधा उपलब्ध गराउन विस्तृत योजनासहित आफूलाई मेयर पदको प्रत्याशी बनाएको छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।