बुस्ट गरिएका पोस्ट मौन अवधिअघि नै हटाउन र 'बल्क' एसएमएस नगर्न आयोगको निर्देशन

 वैशाख २६, २०७९ सोमबार १६:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवार र उनीहरूका समर्थकलाई आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधि अर्थात् २७ गते राति १२ बजेदेखि उम्मेदवार र उनीहरूका समर्थकका फेसबुक, ट्विटर, टिकटक लगायतका पेजमा प्रायोजित पोस्टहरू हुन सक्ने भएकाले सबै उम्मेदवार र उनीहरूका समर्थकहरुलाई मौन अवघि सुरु हुनुअघि नै सामाजिक सञ्जालका पेजमा भएका आचारसंहिता विपरीतका चित्र तथा पोस्टहरू र नयाँ पोसट नगर्न निर्देशन दिइएको बताउनुभयो । यसको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन पनि दिएको छ । 

यस्तै मौन अवधिमा दूरसञ्चार कम्पनीमार्फत सामूहिक एसएमएस अर्थात् बल्क एसएमएस वा भ्वाइस सेवा प्रवाह हुन सक्ने भएकाले यस्ता काम नगर्न पनि आयोगले सबै कम्पनीलाई निर्देशन गरेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया