अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुङ्गानाले राजनीतिक दलहरूले चुनावकाे निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ ।
आज साेमवार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले काठमाण्डाैमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुङ्गानाले राजनीतिक दलहरूले चुनावकाे निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको हो । उहाँले अहिलेको चुनावबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्राे पर्ने बताउनुभयो ।
पूर्वसभामुख ढुङ्गानाले भन्नुभयाे, ‘निर्वाचन आयोगले, मतदाताले जतिसुकै निष्पक्ष चुनाव गर्न लागे पनि राजनीतिक दलहरूले निष्पक्षतामा ध्यान दिइराखेका छैनन् । योभन्दा ठूलो चुनौती अर्को केही हुँदैन । यो निर्वाचनबाट जनताले इच्छा गरेको प्रतिनिधि आउँदैनन् । कति भोटरले भोटको मूल्य बुझेका छैनन् । मसँग पाँच सय भोट छ, यति ल्याउनुस् । म तपाईँलाई दिलाइदिन्छु भन्छ, उसले त्यो भोट बैंक रिजर्भ गरेर राखेको हुन्छ । त्यसमा आयोगले केही गर्न सक्दैन । चुनावकाे निष्पक्षतामा बाधा भएका ठाउँहरूमा सुधार गर्न पार्टी, सरकारकै ठूलो हात हुन्छ । आयोग र पार्टीको सँगसँगै हातेमालो नभइ हुँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।