कानुन व्यवसायीको प्रमाणपत्र बोकेको आधारमा न्यायाधीश नियुक्ति गरिँदैन : मन्त्री शर्मा

 वैशाख २६, २०७९ सोमबार १९:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा पौडेलले न्यायाधीशहरूको कार्यसम्पादन मूल्याङ्कन हुनुपर्ने बताउनुभएकाे छ । 

आज साेमवार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसाेसिएशनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । न्यायाधीशहरूको कार्यशैलीलाई राज्यले मूल्याङ्कन गर्नुपर्ने भन्दै उहाँले कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्तरोन्नति निर्धारण हुनुपर्ने बताउनुभयो । नियुक्ति गर्दा र त्यसपछि उनीहरूले कसरी कायम गरिरहेका छन् भनेर मूल्याङ्कन गरेर न्यायधीशले काम गरिरहने, पछि हट्ने वा अघि बढ्ने कुराको टुङ्गो लगाउनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । मूल्याङ्कनको काम न्याय परिषद्ले गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘न्यायाधीशहरूकाे कार्यशैलीकाे मूल्याङ्कन हुनुपर्छ । यसमा कमजोरी गर्नु हुँदैन । यसमा कुनै दलीय प्रभाव पर्नु हुँदैन । यहाँहरूलाई थाहा छ, मलाई त्यो सजिलो पनि छ । त्यस्तो कुनै प्रभाव मलाई पर्नेवाला छैन ।सिङ्गो सरकार न्यायपालिकामा गर्नुपर्ने सुधारका लागि प्रतिबद्ध छ । भ्रष्टाचाररहित न्यायपालिका बनाउने कुरामा सरकारको तर्फबाट गर्नुपर्ने भूमिकाका लागि सरकार तयार रहेको छ ।’

मन्त्री शर्माले अब कानुन व्यवसायीको प्रमाणपत्र बोकेको आधारमा न्यायाधीश नियुक्ति नगरिने पनि बताउनुभयो । मन्त्री शर्माले अदालतले बेञ्चको समय बढाउने हो भने सरकार अतिरिक्त पैसा दिन तयार रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया