सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताउनुभयो ।
आज मङ्गलवार काठमाण्डाैमा आयाेजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जितको तयारी गरिसक्याैँ । नेकपा एमालेकाे जित अनिवार्य छ । यो व्यक्तिहरूको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’
सभामा अहिले ओलीले सम्बोधन गरिरहनुभएको छ । यसअघि बोल्नुभएका काठमाण्डाै महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूहरू विजयी हुने र एक वर्षभित्रै काठमाण्डाैमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनुभएको थियो ।
कार्यक्रममा ओलीले नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।