अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।
यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो ।
यसैबीच आयाेगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेकाे छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sachida
May 11, 2022, 4:24 p.m.मेरो आमा गत चुनावमा भोट हालेकी थिइन् तर यसपटक लिस्ट मा नाम छैन। यस्तो अवस्थामा के गर्ने???
Hem Prasad dumre
May 11, 2022, 10:44 a.m.मेरो नागरिकता त बनाएको छ , तर भोट कार्ड बनाएको छैन , अनि भोटर लिष्टमा नाम पनि छैन भने नागरिकताले मात्र भोट दिन पाइन्छ कि पाइन्न ??
उज्यालो
May 11, 2022, 3:58 p.m.भोटल लिष्टमा नाम नभएकाले भोट दिन पाउंदैनन /
Shiv dharikar
May 11, 2022, 10:06 a.m.हामीसंग बसाई सराइ नभएकोले जुनसुकै ठाउँमा दिन पाउँछ कि नाइँ ...
उज्यालो
May 11, 2022, 11:46 a.m.मतदाता नामावलीमा नाम जुन ठाउंमा छ , त्यहाँ मात्र भोट गर्न मिल्छ /
CHETAN JOSHI
May 11, 2022, 9:16 a.m.मेरो परिचय पत्र र मतदान पत्र छैन के गर्नु पर्ल्ल उमेर त 18 पुगे को छ
उज्यालो
May 11, 2022, 3:55 p.m.यो पटक भोट दिन पाउनुहुन्न /
Chandra Narayan Chaudhary
May 11, 2022, 9:12 a.m.यस्तो हुनुपर्छ , किनभने धेरैजसो मान्छे बाहिरवाट आएका छन् , जोसंग भोटर कार्ड छैन /
राम जनम चौधरी
May 10, 2022, 11:37 p.m.मतदाता नामवली नभएको
Baliram Yadav
May 10, 2022, 11:31 p.m.मेरो नाम मतदाता नामावलीमा छैन, के नागरिकता लिएर भोट दिन मिल्छ ??
उज्यालो
May 11, 2022, 3:56 p.m.बलिराम जी, मतदाता नामावलीमा नाम नहुनेले भोट हाल्न सक्नुहुन्न /
Ur Mee
May 10, 2022, 9:07 p.m.एक ठाउँको मतदातापत्र लिएर अर्को ठाउँमा गएर भोट दिन मिल्छ कि मिल्दैन ??मेरो विवाह भएको ठाउँमा परिचयपत्र छैन, माइती पट्टिको छ /
शंकर घर्ती
May 10, 2022, 8:36 p.m.नागरिता ले पाउछ कि नाई सर मेरो मोबाइल न. मा खबर गरिदिनुहोला /
मन्जिल श्रेष्ठ
May 10, 2022, 8:14 p.m.मेरो परिचय पत्र बनाउन छुटेको छ