छनौट भएर पनि रोजगारीमा जान रोकिएकाको प्रक्रिया पुनः सुरु गर्न इजरायल सकारात्मक

 वैशाख २८, २०७९ बुधबार १६:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रूपमा जान छनौट भएका तर त्यहाँको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण जान नपाएकाहरूलाई लैजाने प्रक्रिया पुनः सुरु गर्न नेपालले इजरायलको ध्यानाकर्षण गराएको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलमा रहेको नेपाली दूतावासका कार्यबहाक राजदूत अर्जुन घिमिरेले इजरायली पक्षसँग संवाद गर्दै ध्यानाकर्षण गराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

संवादमा इजरायलकातर्फबाट नेपालका लागि इजरायली राजदूत हानन गोडेर, इजरायली पपुलेशन एण्ड इमिग्रेसन अथुरिटी पीआईबीएका निर्देशक शेर्ली र इजरायली स्वास्थ्य मन्त्रालयका निर्देशक तास्फी सहभागी हुनुहुन्थ्यो ।

संवादका क्रममा नेपालले ढिलो नगरी पुनः प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराएको हो । इजरायलले भने कर्मचारीको आन्दोलन समाप्तिसँगै प्रक्रिया पुन : सुरु गर्ने बताएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया