च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सम्बृद्धिका लागि मिलेर अघि बढ्न सत्तारुढ र विपक्षी दललाई आग्रह गर्नुभएको छ । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि चयन भएपछि पहिलोपटक सत्तारुढ र विपक्षी दलका नेतासँग एकैसाथ भेट गरि राष्ट्रपति भण्डारीले अब देश सम्बृद्धिको बाटोमा अघि बढ्नुपर्ने भएकाले साझा एजेण्डा तय गरेर अघि बढ्न आग्रह गर्नुभएको हो ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अबको मुख्य कार्यभार भएकाले त्यसै अनुसार अघि बढ्न राष्ट्रपति भण्डारीले नेताहरुलाई आग्रह गरेको राष्ट्रपतिका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि हुनुहुन्थ्यो ।
लोकतन्त्र र गणतन्त्र स्थापनका लागि सँगै अघि बढेका दलहरु अब देशलाई आर्थिक विकासमा अघि बढाउने बेलामा पनि एकैसाथ रहनुपर्नेमा उहाँले जोड दिएको पनि अधिकारीले बताउनुभयो । राष्ट्रपति भण्डारीले देशको शैक्षिक अवस्था खस्कँदो रहेको तथ्यलाई आत्मसाथ गर्दै शैक्षिक गुणस्तर सुधार गर्न पनि सामुहिक प्रयत्न आवश्यक रहेकोमा पनि नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुले देशको विकासका लागि अब हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।