च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
मोरङ – चुनावमा हुने तामझामले जनप्रतिनिधिलाई भ्रष्टचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।
सम्बाद समूह मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको सम्बादमा उनीहरुले चुनावको समयदेखि नै भ्रष्टाचार सुरु हुने भएकोले चुनावको पद्धति नै बदल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
राजनीतिलाई व्यवसायभन्दा पनि राजनीतिक संस्कारको रुपमा लैजानु पर्ने भन्दै सांसदहरुले भ्रष्टाचार र सुशासनको काम चुनावको बेलादेखि नै सुुरु गरे भ्रष्टाचार रोकिने बताएका छन् ।
समाजको मनोवृत्ति नै भ्रष्टाचार उन्मुख रहेकोले त्यसलाई निरुत्साहित गर्ने तर्फ प्रदेशसभामा सांसदहरुले सशक्त भूमिका निर्वाह गर्न सक्नुपर्ने उनीहरुको धारणा छ । नीतिगत रुपमा हुने भ्रष्टाचार न्यूनिकरण गर्न सके सुशासन कायम हुने भएकोले त्यो रोक्न केन्द्रबाट नै पहल हुनु पर्ने सांसदको सुझाव छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने कानुनको अभाव नभएको तर कार्यान्वयन कडाईका साथ हुन नसक्दा यस्तो अवस्था आएको सांसदहरुले बताएका छन् । खर्चिलो निर्वाचन प्रणाली भएकोले निर्वाचन प्रणाली परिवर्तनको खाँचो रहेको समेत सांसदले औल्याएका छन् ।
प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले सुशासनको पक्षमा प्रदेश सांसदको भूमिका सशक्त हुन नसकेको बताउनुभयो । ओखलढुङ्गाबट प्रतिनिधित्व गर्ने सांसद मोहनकुमार खड्काले प्रदेश सरकारले यसका लागि केही सुधारका काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
सुशासन कायम गराउन प्रदेश तहबाट मात्रै केही हुन नसक्ने भन्दै त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्ने उहाँको तर्क छ ।
प्रदेशसभा सदस्य जयराम यादवले भ्रष्टाचार एक नम्बर प्रदेशमा मात्र नभई सबैतिरको हालत उस्तै रहेको बताउनुभयो । त्यसको नियन्त्रणको थालनी एउटा नागरिकबाट नै गर्नुपर्ने उानको तर्क छ ।
कानुन निर्माणमा प्रदेश सांसदको भूमिका हुने भएकोले त्यसको लागि सुशासन कायम गराउने कानुन ल्याउनुपर्ने र सबै एक भएर अघि बढ्नु पर्ने यादवले बताउनुभयो । एक नम्बर प्रदेशसभाका नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले अहिलेको अवस्था हेर्दा हामी सबै नेपाली भ्रष्टाचारी हौँ कि जस्तो लागेको बताउनुभयो ।
पहिला आफ्नै जीवनशैली र सोच बदल्नु पर्ने बताउँदै उहाँले आफै पनि रोल मोडेलको रुपमा देखिन सक्नु पर्ने तर्क गर्नुभयो । त्यस्तै प्रदेशसभा सदस्य यशोदा अधिकारीले प्रदेशसभाबाट सुशासन सम्बन्धी विधेयक आउँदै गरेकोले त्यो पास भएर जाने वित्तिकै सुशासनको प्रत्याभूति हुने दाबी गर्नुभयो ।
उदयपुरका सांसद बिमल कार्कीले पछिल्लो समय देखिएको विकृतपूर्ण राजनीतिक संस्कारले भ्रष्टाचार जन्माएको तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।