श्रीलङ्कामा देशभर सम्पूर्ण सुरक्षा बल तैनाथ

 वैशाख २९, २०७९ बिहीबार ९:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलङ्कामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि देशभर नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सम्पूर्ण सुरक्षा बल तैनाथ गरिएको छ ।

सरकारले देशव्यापी कर्फ्यु लगाएको छ । तर आगजनी र आक्रमणका घटना रोकिएका छैनन् । विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्। सेनाले त्यस्तो कुनै पनि कदम नचाल्ने जनाएको छ ।

रक्षा सचिव कमल गुणरत्नेले देशको सुरक्षा अवस्था अनुसार सामना गर्न सेनालाई अधिकार दिइनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ । आन्दोलनकारीले राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामाको माग गरेर प्रदर्शन बढाएका छन् ।

आर्थिक सङ्कट, मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न अवस्थाकैबीच महिन्दा राजापाक्षेले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँलाई सुरक्षाका लागि नौसेनाको आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया