चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - दोलखाको वैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को स्थिति तनावपूर्ण बनेको छ । बुथ कब्जा गर्ने प्रयास भएपछि ढुङ्गामुढा र झडपको अवस्था भएको हो ।
अवस्था तनावपूर्ण बनेपछि तीनवटै वडामा मतदान हुन नसकेको वैतेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले जानकारी दिनुभयो ।
अवस्था नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको र थप सुरक्षाकर्मी गइरहेका उहाँले बताउनुभयो । अवस्थालाई नियन्त्रणमा लिएर मतदान सुरु गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । वैतेश्वरमा कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । एमाले कार्यकर्ताले बुथ कब्जा गर्न खोजेको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।