ह्वीलचियर र लौरोको सहारामा मतदान (फोटो फिचर)

 वैशाख ३०, २०७९ शुक्रबार ११:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

केही ठाउँमा झडप र तनाव भए पनि देशभर उत्साहजनक रुपमा मतदान भैरहेको छ । मतदानमा अशक्त, अपांगता भएका नागरिक, वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता छ । धेरै मतदान केन्द्रमा ज्येष्ठ नागरिक परिवार र आफन्तको सहारामा मतदान केन्द्रमा पुगेका छन् । लौरो टेक्दै जानेहरु पनि धेरै छन् । ह्वीलचियर गुडाउँदै भोट दिन जानेहरु पनि छन् ।

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान गरेर फर्किदै अपाङ्गता भएकी महिला ।

 

बाेकेर मतदानस्थलसम्म ल्याइँदै मतदाता

पोखरा महानगरपालिका– १४, मझेरीपाटनस्थित रामेश्वरी माविमा स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न वृद्धा अस्वस्थ महिलालाई बोकेर ल्याइँदै ।

मतदान गर्न आइपुगेका बृद्धबृद्धा

रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा पुग्नुभएका ज्येष्ठ नागरिक । तस्बिर : रासससप्तरीको राजविराज नगरपालिका–५ स्थित मतदानस्थलमा मतदान गरेर फर्कदै ज्येष्ठ नागरिक जगदीश साफी । तस्बिर : रासस

तस्बिर : उज्यालाे सहकर्मीहरू

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया