उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
गाेरखा – गोरखाको चुमनुब्री गाउँपालिकामा मतपेटिका सङ्कलन गर्न अझै दुई दिन लाग्ने भएको छ । आज दिउँसो दुई बजेसम्म १० वटा केन्द्रको मतपेटिका गाउँपालिकाको कार्यालयमा आइपुगेको र अझै ११ वटा केन्द्रको मतपेटिका आउन बाँकी रहेको चुमनुब्री गाउँपालिकाका निर्वाचन अधिकृत नानीबाबु पोख्रेलले जानकारी दिनुभयो ।
पर्सि बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने अनुमान् गरिएको र सबै केन्द्रको मतपेटिका प्राप्त भइसकेपछि मात्रै गणनाको प्रक्रिया शुरु हुने उहाँले बताउनुभयो । भौगोलिक रुपमा विकट र टाढा रहेका मतदान केन्द्रबाट पनि मतपेटिका मानिसले नै बोकेरै ल्याउनु परेको कारण ढिला भएको उहाँले बताउनुभयो । मतपेटिका बोक्नेहरुलाई प्रहरी, सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिएर ढुवानी भइरहेकोले सुरक्षा खतरा नरहेको पनि निर्वाचन अधिकृत पोख्रेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।